A A
RSS

व्यवस्थापनमा मोहभंगको खतरा : The Danger of Disillusionment in Management

Wed, Mar 25, 2009

Published (Nepali)

बुद्धलाई माहेभंग होला भनेर उनका पिताले दरबारबाट बाहिर जानै दिएनन् कति सम्म । अन्तत जब सिद्धार्थ गौतम बाहिर गए उनले बिरामी मान्छे बूढो मान्छे र लाश देखे । त्यस पछि उनको यस संसारप्रतिको आकर्षण यति घट्यो कि उनी घर परिवार छोडी निर्वाणको खोजीमा जंगल पसे ।

एक राजा जसलाई हामी भोगिरथ भनी बोलाऔं थिए । बूढेस् काल लाग्नाले उनलाई यमराज लिन आए । तर उनको यस संसारप्रतिको मोहभंग भएको थिएन । त्यसैले उनले यमराजलाई भने ँमलाई यो संसार भोग्नै पुगे छैन । मलाई नलैजाऊ ।” यमराज आफनो विचारमा एक असम्भव शर्त राखे ँयदि तिम्रो सट्टामा कोही मसंग यमलोक फर्किन चाहन्छ भने तिमी बस्न सक्छौ ।” राजाले आफना सब पुत्रहरुलाई दाके र यमराजको कुरा बताए । तर कोही पनि आफनो ज्यान दिन तयार भएनन् । अन्तमा १६ वर्षको कान्छो पुत्रले आफनो बाबुको इच्छा पूरा गर्न तयार भयो ।

यसरी राजा भोग गर्दै गए र छोराले दिएको आयु पनि सके पछि फरि यमराज आए । तर राजाले फरि त्यही कुरा दोहराए कि उनीलाई मोहभंग भएकै छैन र अझ बांच्न चाहन्छन् । यमराजले पनि पुरानै शर्त राखे । नभन्दै अर्का १६ वर्षको छोराले आफनेा ज्यान बाबुलाई दिने भए । एवं रितिले कैयौं चाटि यमराज आए र किशोर छोराहरुले आफना आयु बुवालाई दिए तर पनि राजा कहिलै संसारबाट मुक्ति चाहेनन् ।

व्यवस्थापनमा बुद्ध हुनु राम्रो वा भोगिरथ
जो जागिरबाट मुक्ति चाहन्छ उसलाई हामीले आन्त्रप्रनर भन्छौं । उसले जागिरबाट आउने झुटो सुरक्षाको आभास गरेको हुन्छ । जागिरले उसको स्वछन्दतालाई मारेको अनुभव हुन्छ उसलाई । ऊ विस्तारै जागिरबाट मोह भंग हुन्छ । त्यस पछि उसले आफनै उद्योग खोल्छ वा व्यापार गर्छ । कति वर्षसम्म ऊ त्यसैमा रमाउंछ । त्यस पछि उसले आफनो महत्वकांक्षाले सिर्जाएका अनेक पारिवारिक र आध्यात्मिक समस्याहरुको सामना गर्छ । विस्तारै त्यसबाट पनि मोहभंग हुन्छ । अनि समाज सेवामा लाग्छ ऊ । समय बित्दै जान्छ र त्यहां पनि स्वार्थीहरुसंग भेट हुन्छ र उसको फेरि मोहभंग हुन्छ । अन्ततः ऊ भगवानको शरणमा जान्छ तर त्यहां पनि कुनै घटना घट्छ र मोह भंग हुन्छ ।

हाल चलिरहकेा विश्व आर्थिक मन्दि पनि एक मोह भंगको अवस्था हो । जब राम्रो हुन्छ तब कोही पनि सोच्दैन कि नराम्रो हुन्छ । त्यो अवस्था अर्थतन्त्रको लागि राम्रो हो किनभने मानिसहरु खर्च गर्छन् । तर जब बैंकहरु संकटमा परे र अर्थतन्त्र धल्मियो तब मानिसहरुको मोह भंग भयो र खर्च गर्न छोडे । यो नराम्रो भयो ।

पाटन औद्योगिक क्षेत्रको ब्रयन ट्रँन्स्फरमर उद्योग जुन तरिकाले बन्द भयो त्यसले हरेक मज्दुर मात्र नभई प्रत्येक निजी क्षेत्रमा काम गर्ने आदर्निणय जागिरदारको मोह भंग भएको छ ।

कसरी भयो मोह भंग र त्यसले के असर गर्छ
कुनै ठाउंमा जब मानिस जागिर खान्छ वा मज्दुरी गर्छ उसले चाहेर नचाहेर तन मन धन लगाएको हुन्छ । त्यो बेग्लै कुरा हो कि कोही अल्छि कोही फटाहा हुन्छन् । तर आम मान्छे आफनो प्राण लगाएर काम गर्छ किनभने त्यसो गर्नाले उसलाई मज्जा आउंछ । जसको लागि उसले काम गर्छ उसले आफनो सक्दो रेखदेख गरिदेओस् भनी सोच्छ । यसरी मालिक र कामदारबीचको सम्बन्घ बढ्छ ।

तर ब्रयन ट्रान्सफरमर मा कस्तो भयो भने बिना केही सूचना तालाबन्दी गर्यो । उसले केही लाख बचायो होला तर त्यसले भविष्यको उपादकत्वमा खराबौंको ह्रास ल्याउने छ नेपालभरि । मानिसहरु कमसेकम गरेर छिटो भन्दा छिटो बढि भन्दा बढि लिन खोज्ने छन् कामप्रति आस्था घट्ने छ कर्मथलोमा सिर्जशिीलता सुक्ने छ ।

तालि दुई हातले बज्छ
नेपालमा उद्योग विस्थापित हुनुमा धेरै कारण छन् ः लोड शेिडंग बन्द हडेताल असुरक्षा सरकारी नीतिहरु भारतसितको खुला सिमाना भूपरिवेष्टित देश सानो बजार । तर अहिले सब्भन्दा ठूलो कारक तत्व हो मज्दुरहरुको आक्रमक व्यवहारहरुले उब्जेको मोह भंग । शुरुमा सबै उद्योगपतिले सोचेको हुन्छ कि सयौंलाई रोजगार दिउं र तिनीहरुको लगनबाट उनीहरुका परिवार पालीऊन् उपभाग्ताले गुणस्तरका सस्तो सुलभ वस्तु पाओऊन् र अन्ततः आफूले दुइचार पैसा घर लग्न पाइयोस् । तर जसरी ब्रयन ट्रान्सफरमरले अपरझट निर्णय लियो यसै गरी मज्दुर वर्गहरुले पनि जल्दबाजीमा मागहरु राखे बढि चर्को स्वरमा जसले उद्योगीहरु म्ााेह भंग भयो जस्तै सिताराम डेरीमा ।

यसको असर सिद्धा छ अभियानमा राजेन्द्र खेतानले भने जस्तै ँअब उद्योगी कि घर बस्छ कि बिदेसिन्छ ।” क्यापिटल फलाइट त भइरहेकै छ पाच तारे होटल सजिलै भाडा दिने पसलमा परिणत भएकै छ ।

मोहभंग हुन नदिन के गर्न सकिन्छ
धेरै चाटि वैवहिक सम्बन्धहरुमा आमाबाबु र बच्चाहरुको बीचमा यस्ता घटना घट्छन् कि मोह भंग हुन्छ । यदि त्यसलाई समयमै पत्ता लगाएर समाधान गरिएन भने कहिले नपुरिने खाल्डो बनेको धेरैले देखेका छौं सुनेका छौं । त्यस्तै व्यवस्थापनमा पनि समयमै मोह भंगालाई रोक्नु पर्छ । अमेरिकाका राष्ट्रपति ओबामा यही जटिल काममा लागिरहेछ ः अमेरिकी अर्थतन्त्र प्रति विश्वको मोह भंग हुन नदिन ।
ड्डसम्बाद ः सम्बन्धित पक्षहरुसित खुल्ला वाताववरणमा कुरा गर्ने ।
ड्डसहजकर्ता ः कति अवस्थामा सम्बन्धित पक्षँहरुबीच यति नकारात्मक भावना हुन्छन् कि सम्बाद असम्भव हुन्छ र भए पनि टिभीमा आउने जनताको अदालत जस्तै चर्काचर्की र युद्ध हुन्छ । त्यसले समाधान आउंदैन । त्यसैले दक्ष सहजकर्ताको प्रयोग गर्नु राम्रँे ।
ड्डअलि अलि त्याग सबैले गर्ने ः आजका मानिसहरु त्याग गर्न बिस्रेका छन् । त्यो रामायण र महाभारत जस्ता कथाहरुमा जति सान्दर्भीक थियो छ अहिले पनि छ । बिना त्याग मोह भंगको बेग फेिरंदैन ।
ड्डमाफ गर र बिस्र ः बाइबलकेा यस चलेको विचारको पालना गरेको खण्ड पुरानै विश्वासको अवस्थामा फर्किन सकिन्छ ।

बंैकहरु मेनेज्मेण्ट र कर्मचारी यस मामिलामा साहै्र बुद्धिमान
मोह भंग नै शब्द प्रयोग नगरे पनि बैंकहरुले आफनो कर्मचारीहरुको माग पूरा गरेर उनीहरुलाई मोह भंग हुन दिएनन् भने कर्मचारीहरु पनि मर्यादामा बसेर माग राख्नाले मेनेज्मेण्टलाई पनि मोह भंग गर्न दिएको छैन । यस्तै सम्बन्ध उद्योगमा पनि हुनु पर्छ र फरि नेपालको अर्थतन्त्रले उन्नतितिर फन्को लिने छ ।

बुद्ध कि भगिरथ
बडा जटिल प्रश्न जसको उत्तर दिन गाह्रो भएर अन्तमा लेखक मुस्काएर मौन मात्र बस्न सक्छ ।

Tags: ,