A A
RSS

नगद प्रवाह समस्या ः एक नयां आयामबाट Solving cash flow problems

Wed, Mar 25, 2009

Published (Nepali)

नगद प्रवाह समस्या ः एक नयां आयामबाट

व्यापारमा सम्भन्दा गाह्रो कामहरु मध्ये धेरै जनाको सूचीमा कलेक्सन वा पैसा असुल्ने काम पहिलो नम्बरमा आउने गर्छ । किन डिस्ट्रिब्यूटरको माल लिएर त्यस वस्तुहरुले कमाएको पैसा अन्त रोटेशन गर्छन् थोक बिक्रेताले । त्यस्तै व्यापरिक व्यवहार खुद्रा व्यापारीले पनि गर्छ । एवं प्रकारले डिस्ट्रब्यूटरले पनि अल्झाउन खोज्छ कारखानालाई यदि त्यो नेपालभित्र छ भने । आयात गर्नु परे त एलसि खोल्नै पर्यो । यसरी पहिला पनि एउटा लेखमा मैले लेखेको थिएं कि यसो हुंदा क्यासफलोमा ट्रााफिक ज्याम हुन्छ । यसको उपाय के त सांच्चिकै ट्रााफिक ज्याम हुंदा खेरि केही उपायहरु लगाउन सकिन्छ । जस्तै ः ४३२१ म्ाा एसएमएस पठाएर ज्याम भएको ठाउं छल्ने पुलिस बोलाएर बाटो बन्द गरेको गाडिलाई हटाउने वा पालै पालो पास गराउने चौबाटोमा फसिहालेको खण्डमा वैकल्पिक मार्ग खोज्ने केही नलागे कुर्ने वा आफैं पुलिस बनेर अगाडि पछाडि मिलाउने ।

तर क्यासफलो को ट्रााफिक ज्याम हटाउन के त्यसतो केही उपायहरु छन्

एसएमएस ४३२१
बिजिनेसमा यस्तो सुबिधा कसैले सेवा दिन सके त्यो आन्त्रप्रनर मालामाल हुन्थ्यो । त्यसमा मैले मसंग उद्धारोमा काम गर्न खोजेको कुनै व्यापारी वा व्यक्तिको नाम त्यसमा एसएमएस पठाइदिन्थें । त्यस सेवाले मलाई फिर्ता जवाफ दिन्थ्यो ुत्यस व्यक्तिको उद्धारको इतिहास यसतो यसतो छ । यति मान्छे र कम्पनीहरुसंग उसको यति बांकि छ । उसले यति यति रकम यस यस मान्छे र कम्पनीहरुलाई यति यति समयमा पैसा तिरेको छ । समष्टिगत रुप यस व्यक्ति यस सामान वा सेवाको लागि यस अवधिमा उद्धारो दिन क ख ग वा घ श्रेणीमा पर्छ । क भन्नाले दिएको समयावधि भित्र तिर्छ र घ भन्नाले ज्यान जाने अवस्थामा मात्र तिर्छ बुझिन्छ ।ु यस एसएमएसको आधारमा मैले त्यस उद्धारो लिन खोजेको व्यक्ति वा कम्पनीसंग व्यापारिक संम्बन्ध राख्ने कि नराख्ने भन्ने निर्णय लिने थिएं ।

यो विल्कुल काल्पनिक सेवा कुनै दिन कसैले श्री गणेश गर्ला तर अहिले यसको वैकल्पिक उपाय हो आफनै लेखा शाखा । प्रजू एण्ड सन्समा व्यस्थापकिय परामार्श गर्ने क्रममा उनीहरुको यस सिस्टेममा अडान देखेर म निकै आशावादी भएं । र यस सिस्टेमले कति ग्राहक कम्पनीहरु डुब्न लागेको कुरा प्रतिस्पर्धिभन्दा पहिलै थाहा पाई निकै कम क्षति व्यहोरेर उम्किन सफल भएको धेरै अवसरहरु छन् । यसको विस्तृत बयानमा यहां प्रस्तुत गर्न नमिल्ला किन कि यो त ट्रेड सिकृट हुन्छ ।

कति बिजिनेसहरु डुब्छन् क्यासफलो बिगि्रनाले । यता कर्मचारीको तलब दिने बेला हु्न्छ तर उता ग्राहकले पैसा दिन मान्दैन त्यस बेला । त्यसैले आफनो लेखा विभागलाई सबल बनाउनूस् । अहिलेको लागि त्यसैले माथिको काल्पनिक क्यासफलो ट्ाफिक ज्यामको एसएमएस ४३२१ बराबरको काम गर्छ ।

फोलो अप वा टाकेता
कुनै पनि बैंकमा कर्जा विभागमा कामहरुले राम्ररी बुझेका हुन्छन् कि बेलैमा किस्ता ल्याउन ग्राहकको पछि पर्नु उत्तम खेल हो भनेर ।

सेल्सका साथीहरुले यस मामिला बैंकका यी साथीहरु वा अझ विषेश गरी रिकभरी का साथीबाट सिक्नु पर्छ । जस्तै ः तिर्नु पर्ने म्याद ननाघ्दै पनि फोन गर्ने वा मुख देखाउने । एक बैंकरले यस तरिकाबाट पहिलो चोटि जांदा ग्राहकहरुको गालि खायो । तर पछि बानी पर्दै गयो क्रेटिटर को कल महिनको यस दिन रिसिझ गर्न । र अर्को राम्रो बानी पनि बस्यो समयमै पैसा तिर्ने ।

न्याग गर्ने
फोन गरेर वा भट्न आएर हैरान गरेमा तपाईंसंग छुटकारा पाउन पनि उसले पैसा तिर्छ ।

अझ वेस आफैं नजाने आफनो स्टाफलाई पठाउने र झूठै सहि उसलाई यसरी तसा्रएर पठाउने कि ूपैसा लिएर आएन भने जागिरबाट निकाल्दिन्छु ।ू जब त्यो स्टाफ प्रस्तुत हुन्छ उसले तपाईंले छुन नसक्ने भावना ुदयाु जगाउंछ उद्धारो नतिर्नको मनमा ।

त्यस पछि गुनासो आए पछि आफैं जाने र ुसमझदारीु को भावना जगाउने उसमा ।

त्यसबाट पनि नभए तपाईंमाथिको मान्छेलाई फोन गर्न लगाउने वा सम्झाउन लगाउने ।

केही नलागे धम्कीमा जाने ः
ड्डसामान थप दिन्न भनेर
ड्डपैसा नलिई यहांबाट निस्कदै निस्कन्न भनेर
ड्डसामाजिक भेटघाटमा याद दिलाईने
ड्डकसैलाई भन्न लगाइदिनु पर्यो भनेर भन्ने

बैंकहरुको मामिलामा धम्कीको पनि क्रमबद्धतासंगै गम्भिरता बढ्छ जस्तै पहिला मौखिक चेतावनी कानूनी पत्र पत्रिकामा सूचना र लिलाम । अरु देशमा घरबेटीले समेत आफनो भांडामा बस्ने अफिसलाई कानूनी पत्र पठाउंछ पैसा तिरेन भने । तर नेपालको यसको प्रयोग बैंक बाहेकहरु व्यापारमा भएको पाइन्न ।

बैिकंग उपाय
एक उद्योगपतिले आफनो दुःख पोखे ु यसतो पनि दिन आयो मैले मेरो स्टाफहरुलाई तलब ख्याउन बैंकसंग कर्जा लिएर पनि तिरेको छु ।ू

विर्गन्जमा एक व्यापारीसंग कुरा गर्दा क्यासफलोको बारे यसो भने ू बैंकसंग कारोबार गरे पछि धेरै फाइदा भयो । कुनै पार्टिलाई पमेण्ट दिनु पर्यो र मसंग त्यस बेला क्यास छैन भने बैंकसंग आभरड्रााफटको सुबिधा लिएर तिर्छु । त्यस्तै अरुबाट लिनु पर्दा र त्यस बेला तिनीहरुले असमथ्र्यता जनाएको खण्डमा म मान्दिन र उनीहरुलाई पनि त्यही आभरड्रााफटको सुबिधा लिएर मैले भनेको बेला तिर भन्छु । त्यसैले अहिले विर्गन्जमा क्यासफलो को त्यति समस्या छैन ।ू

विदेशमा फयाकटोिरंग भन्ने बैिकंक सुबिधा रहेछ । यो कस्तो भने तपाईंले आफू पाउनु पर्ने रकमको इन्भोइस् बैंकले किन्छ र त्यसको बदलामा तपाईंले सो रकम केही प्रतिशत घटाएर तुरुन्तै लैजान सक्नु हुन्छ आफनो तत्कालको दायित्व पूरा गर्न ।

भन्न खोजेको के भने नेपालमा दुइ शहर पोखरा र बुट्योलमा आयोजित बिजिनेस वर्कशपहरुमा बेसी यो क्यासफलोको समस्याको समाधानबारे प्रश्न उठाइएको थियो । त्यहां बैंकहरु को संघ मिलेर ओभरड्राफट फयाकटोिरंग वा अरु कुनै टूलको कन्सेप्ट ल्याएको खण्डमा ती शहर र अरु यसतै क्यासफलोको समस्याले सताइएका ठाउंहरुलाई उपकार हुनुका साथै बैंकिक आम्दानी पनि बढ्थ्यो ।

अथक
कलेक्सन अवश्य झंझटिलो काम बन्न पुगेको छ । त्यो सेल्सम्यानको लागि सजाय जस्तो हो । व्यापारीहरुको लागि भयको श्रोत हो । त्यसले बिजिनेस जगतमा अनावश्यक टेन्सन ल्याउनुका साथै व्यापारको गतिलाई कम गर्छ । त्यसलाई सबै व्यापारीहरु मिलेर समाधान गर्न सक्छ जस्तै माथिको विर्गन्जको उदाहरणमां ।

तर त्यतिन्जेलको लागि अथक परिश्रम र गैंडाको छाला बनाएर खट्नूस् र क्यासफलो सकारात्मक राख्ने कोसिस गर्नूस् ।

Tags: