A A
RSS

आशाबादी र निराशाबादी (Optimism or Pessimism)

Fri, Mar 13, 2009

Published (Nepali)

आशाबादी र निराशाबादी

ब्याक प्यािकंग वा एकल यात्राहरुको सिलसिलामा यस्तो ठाउंमा पगिन्छ जहां आफूले कसैलाई चिनिदैन । त्यस्तो ठाउंहरु पनि हुन्छन् जहां पुलिस देखिदैन र तपाईंलाई थाहा छ कि त्यहां कानून छैन । जांदा जांदै यस्तो टाढा र अनकन्तारमा पुगिन्छ कि तपाईंको जीवन पूरै असूरक्षित महसूस हुन्छ मानिलिउं तपाईं एउटा जनावर सरह हुन्छ । त्यस बेला त्यहांका लोकल मानिसहरुले तपाईंलाई जे पनि दुव्र्यवहार गर्न सक्छन् ः त्यति नाजूक अवस्थामा अनुभव हुन्छ । तर मलाई सधैं के अचम्म लाग्थ्यो भने म जिउंदै र बिना कुनै नकारात्मक सम्झना यस्ता अनगिन्ती ठाउंमा कसरी उम्के होला भनेर नकारात्मक सम्झना भन्नाले मैले मार पीट खानु र लुटिनुलाई लिएको छु ।

तर के चाहीं भएको थियो धेरै पटक भने ः म ठगिएं । अचम्म लाग्यो । के कुरामा भन्दा भने ती ठग मानिसहरुले मलाई सहजै लुट्न सक्थे तर त्यसो नगरी ठगे मात्रै ।

ती युवास्थाका यात्राहरुले मलाई अति आशावादी बनाए किनभने मलाई विश्वास भयो गीताको श्लोकमाथि व्यवहारिक रुपमा । शायद भित्र भित्रै त्यसैको प्रमाण खोज्न पनि मैले ती सफरहरु गरेको हुनु पर्छ । गीताका विभिन्न श्लोकहरु ६।२९ ६।३० १०।२० १३।१४ १५।१५ ले के भन्छन् भने परमात्मा सर्वत्र छन् र हरेक मानिसहरुको ह्दयमा पनि छन् । त्यस्को महसूस गरें किनभने जोखिमपूर्व अवस्थाहरुबाट पनि बिना कारण मानिसहरुले मद्दत गरे र परिस्थितिहरु पनि अपत्यारिलो तरिकाले अनुकूल बने ।

यस प्रचुर आशावादको सिद्धि थुप्रै मानिसहरुले पाएका छन् । तिनीहरु आआफनो क्षँेत्रको उच्च र सम्मानीय स्थानमा पुगेका छन् । आजको बदलिदों नेपालका जहां आम मानिसहरु निराशावादले ग्रसित छन् ती नेपालीहरु हिरो हुने छन् जो आशाका केन्द्रबिन्दू बन्न सक्ने छन् ।

यो विवाद किन सान्दर्भिक अहिले
ल भन्नूस् कस्तो ब्योसको लागि काम गर्न चाहनु हुन्छ निराशावादी वा आशावादी तपाईंसंग त्यही योग्यता भएका दुई कर्मचरीहरु आए ः एउटा निराशावादी वा आशावादी । कसलाई भर्ना गर्नु हुन्छ

सांच्चै भन्ने हो भने अहिले नेपालीहरुलाई बढि तलब बढि स्वतन्त्रता बढि अधिकार बढि मौका वा बढि बिजुलीको नभइकन अर्को एउटा चीजको खांचो परेको छ । त्यो हो बढि आशावादको ।

न्यू बिजिनेज एज फेब्रुअरবt;/p>

Tags: , , ,